यी दुई काण्ड, जसले केशव स्थापितलाई सरकारबाट विस्थापित बनायाे


कात्तिक १६, काठमाडौँ । दुई काण्डले विवादमा धकेलिएका प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्तीमा परेका छन् ।
उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका हुन् । केही न केही गरेर चर्चामा आइरहने स्थापित दुई कुराले चर्चामा आएका छन् ।
एकजना महिलाले आफूलाई यौन प्रस्ताव राखेको र सो प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै हटाइदिएको आरोप लगाएकी थिइन् । यो कुराले सामाजिक सञ्जालमा तहल्कै पिट्यो । तर कुनै पनि कारबाहीको सुनुवाई भएन ।
null
त्यसपछि उनी प्रदेश ३ का मुख्यमन्त्रीसँगको झगडाका कारण फेरी भाइरल भए । यो भाइरलले भने उनको पद नै खायो ।यो घटनापछि मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई जिम्मेवारीबाटै हटाइदिए ।
केशव स्थापितले मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप खेप्दै आएका थिए ।
केशव स्थापितले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयले १७ अर्ब बजेट पाएको भए पनि सो मन्त्रालयको प्रगति नदेखिएको र पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएका कारण उनलाई पदबाट हटाइएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषद्मै विवाद भएको कुरालाई मन्त्री स्थापितले स्वीकार गरिसकेका छन् । उनले आफूले लक्ष्यभन्दा बढी काम गरिसकेको प्रस्टीकरण दिँदै उनले १३ अर्बको टार्गेट रहेकोमा २० अर्बको कम गरिसकेको दाबी गर्दै आएका थिए ।
