मन्दिर निर्माणको माग गर्दै हिन्दू धर्माबलम्बी प्रदर्शनमा


मंसिर १०, भारत । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् ।
केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए । उनीहरूले भगवान रामको प्रशंसा गर्दै उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए ।
कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उनको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।
null
आयोजकले अयोध्या र भारतीय अन्य दुई शहरमा हुने प्रदर्शनमा तीन लाखको सहभागिता भएको दावी गरेको छ ।
प्रदर्शनमा हुनसक्ने सम्भावित अवान्छित क्रियाकलापलाई रोक्न भन्दै उक्त शहरमा अयोध्याबाहिरबाट थप पाँच हजार सुरक्षाकर्मीलाई तैनाद गरिएको थियो ।
हिन्दूहरूले उक्त स्थान भगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्त स्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् ।
बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।
