यातायातका बिचौलियाहरु थानकोट प्रहरीको नियन्त्रणमा

थानकोट, काठमाण्डौं कात्तिक १९ । महानगरिय प्रहरी वृत्त थानकोटले यातायात व्यबस्था कार्यालयको मोटरसाईकल शाखा गुर्जुधाराबाट ९ जना बिचौलियाहरु नियन्त्रमा लिएको छ । 

यातायात व्यबस्था कार्यालयको मोटरसाईकल शाखा गुर्जुधारामा आउने सेवाग्राहीहरुलाई काम छिटो गरिदिने प्रलोभन देखाई सेवा ग्राही वाट रकम असुली दुख दिने गरेका भन्ने जनगुनासो बढेकोले सिभिलमा प्रहरी टोली परिचालन गरि निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्तका डि.एस.पी कुमार विक्रम थापाले बताए । 

बिगतमा पनि यस्ता खाले बिचौलियाहरुलाई प्रहरीले बेलाबेलामा नियन्त्रणमा लिई कार्वाही गरे पनि जनगुनासो कम नभए पछि महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यबस्था कार्यालयको मोटरसाईकल शाखा गुर्जुधारामा प्रहरी प्रभाग बलम्बुको समेत सिभिलमा प्रहरी टोली परिचालन गरि निगरानी बढाएको छ । 

null

प्रहरीले यस विषयमा थप अनुसन्धान हुन बाँकी भएकोले नियन्त्रणमा लिएका ९ जना बिचौलियाहरुको नाम भने खुलाउन चाहेन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *