चार व्यक्तिको डिएनए रिपोर्ट आयो, थप तीनको परीक्षण गर्ने तयारी

कात्तिक २९, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । 

न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको बेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । 

उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । 

null

केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ । 

सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भनेको खबर आजको नयाँ पत्रिकामा छ । 

रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । 

डिएनए परीक्षण् गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । थप तिनको डिएनए परीक्षणको तयारी रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *