तामाकोशीको सेयर आज बाँडफाँड हुँदै

मंसिर ११, काठमाडौ । अपर तामाकोशीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर निष्कासनको बाँडफाँड आज मंसिर ११ गते मंगलबार दिउँसो ३ बजे हुँदैछ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ४५६ मेगावाट क्षमता जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ दोलखामा निर्माणाधीन अपर तामाकोशीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर निष्कासन दोहोरो आवेदन परेका कारणले ढिलाई भएको नागरिक लगानी कोषले जनाएको छ । 

यसअघि दोलखाबासीका लागि स्थानीय सेयर र कर्मचारी सन्चयकोषका कर्मचारी र सन्चयकर्ताका ५ लाख सहभागी मध्ये केहीले दोहोरो आवेदन दिएको भेटिएकोमा म्याचिङ्ग गर्न म्यानुवल्ली हेर्नुपर्ने भएकाले केही समय लम्बिन गएको कोषका सेयर शाखा प्रमुख रोशनजङ्ग बस्नेतले जानकारी दिएका हुन् । यसमा ६ हजार आवेदकले भने सेयर पाउने बाँडफाँडमा सहभागी हुने छैनन् । 

null

माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रति कित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यसमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । जसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *