धरानमा स्कुल ओलम्पिक मेयर कप हुने

कात्तिक २०, काठमाडाैं । धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा गत वर्षबाट शुरु भएको मेयरकप स्कुल ओलम्पिकको दोस्रो संस्करण यहि मङ्सिर ५ गतेदेखि १७ गतेसम्म हुने भएको छ । 

विद्यालयस्तरबाट विद्यार्थीलाई विभिन्न खेलकुदमा सहभागी हुने अवसर प्रदान गर्न तथा विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्य लिइएकाे आज धरानमा अायाेजित पत्रकार सम्मेलनमा बतार्इएकाे छ । 

गत वर्ष फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल, करँते, तेक्वान्डो, क्रिकेट, एथ्लेटिक्स गरी १० वटा खेल समाबेस भएको थियो भने, यस वर्ष २ अाेटा खेल थप गरिएकाे छ । थप गरिएका खेलहरू कबड्डी र सेपाक टेक्रो रहेकाे धरान खेलकूद विकास समितिका अध्यक्ष सुवास रार्इले बताए । 

null

एथ्लेटिक्स अन्तर्गत ज्याभलिन थ्रो, दौड, हाईजम्प, लङजम्प र सटफुट जस्ता खेलहरू समेत हुनेछन् । प्रतियाेगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई उमेर समुहमा सहभागी गराईने छ । 

स्कूल अाेलम्पियन मेयर कपमा अहिलेसम्म सामुदायिक १३ र संस्थागत ४१ गरी ५४ वटा विद्यालयले नाम दर्ता गराईसकेका छन् । विजयी खेलाडीहरूलार्इ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । 

मेयरकप ओलम्पिक खेलमा बिजेतालाई नगद १ लाख २० हजार, दोस्रो हुने विद्यालयलाई नगद ८० हजार र तेस्रो हुने विद्यालयलाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । यस वर्ष नगद पुरस्कारकाे राशी वृद्धि गरिएको छ । प्रतियोगिताका लागि १९ लाख २३ हजारको अनुमानित बजेट लाग्ने बतार्इएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *