लाहुरेकाे विरासत लत्याउँदै अनलाइन विजनेशमा भविष्य खाेज्दैछन् ‘उज्जवल’

कात्तिक २८, धरान । राजनीतिक दलका कार्यकर्ता भए लाखौंबाट छानिएर अन्तिम लक्ष्य कोही एक कार्यकारी प्रधानमन्त्री बन्ने सपना पूरा होलान् तर, कुनै व्यवसाय तथा उद्यममा लागि परेर सीप पोखाए उद्यमी बनेर व्यवसायिक साम्राज्यको एक्लो राजा बन्न सकिन्छ भन्ने ध्रुव सत्यलाई सबैले स्वीकार गर्नै पर्छ । यही सत्यलाई प्रमाणित गर्न संम्भवत पूर्वान्चलकै पहिलो अनलाइन इलेक्ट्रिकल सेवा दिन अनलाइन सुविधाको सुरुवात गर्ने ई-धरान सेवाका उज्ज्वल राई सक्रिय युवा उद्यमी हुन् । 

२१ वर्षे यी कलिला युवा जसले फेसबुकबाट विज्ञापन गरेर आफ्नो व्यवसाय बढाइरहेका छन् । ई-धरान सेवा नामको फेसबुक नाम र पेजबाट धरान सहर भरी मानिसहरूको घर,अफिस लगायतमा आफ्नो इलेक्ट्रिकल ज्ञान र सीपको सदुपयोग गर्दै आफ्नो व्यापार व्यवसायको साम्राज्य फैलाईरहेको राईको भनाइ छ । 

 

null

६ महिना अघि यहीँको धरान स्पेस टाईममा ८ हजार महिनाको जागिर गर्ने सिलसिलामा स्पेसको समस्या समाधान गर्न जाने क्रममै बिजुलीको समस्या बग्रेल्ती देखेर नै त्यहाँको जागिर छाडेर ई-धरान सेवा ६ महिना अघि जन्माएको उनको भनाई छ । 

उनको पारिवारिक पृष्ठभूमिका विषयमा जिज्ञासा राख्दा उनका बाजे बृटिस आर्मी र पिता पनि ईण्डियन आर्मी भएको उनले बताए । बाबु र बाजे नै अार्मी भएपछि उनलार्इ पनि भर्ती हुने जाेस नचलेकाे छैन, तर, अार्मीमा भर्ती हुनकै लागि पाँच पटकसम्म प्रयास गर्दा पनि नसकेपछि उनले ट्रयाक चेन्ज गर्ने मनस्थिति बनाए । भोजपुर वास्तिङमा जन्मिएका रार्इ हाल इटहरी ८ हाट्खोला स्थायी बासिन्दा हुन् । उनले हाल धरानलाई कर्मथलो बनाउँदै घर वाईरिङ्ग, विद्युतिय सामान मर्मतसम्भार, प्लम्बिङ्ग, पेन्टिङ लगायतका सेवा उनी र उनको समूहले दिइरहेको छ । 

विश्वका उत्कृष्ठ कम्पनीहरु अनलाइन बेसमा हिट भएको बुझेका उज्ज्वल राईले इलेक्ट्रिकल सामान होम डेलिभरी गर्ने र फ्रेन्चाइज खोल्ने धोको रहेको मकालु खबरसँग खुलासा गरे ।  

अरु व्यक्तिभन्दा ५० प्रतिशत कम शुल्कमा नै घरायसी तथा अफिसियल इलेक्ट्रिकल सेवा दिइरहेका राईले आफुसँगै अरू ३ जनालाई रोजगारी पनि दिएका छन् । होम सर्भिस गर्दा कुनै शुल्क नलिने राईले अहिले ५ सय जनाभन्दा बढी ग्राहक बनाउन सफल भएका छन् । उनी कहाँ आजकल दैनिक ५ वटासम्म कामहरु आउने गरेको छ । उनले औसत मासिक २५ हजार कमाउने गरेको खुलाए । 

५ पटकसम्म लाहुरे भिड्दा असफल भएकोमा कत्ति पनि उदासीन नभएका रार्इले अब यही इलेक्ट्रिकल सेवामार्फत नै जनताको सेवा गर्ने र आफूले आर्जेको केही पैसाले भविष्यमा समाजसेवा गर्ने योजना बनाएका छन् । चाडैं वातावरण प्रदुषण कम गर्न वातावरणसँग सम्बन्धित छेत्रमा काम गर्ने उनको इच्छा छ । 

आजभन्दा ६ महिना अघि जन्माएको राईको ई-धरान सेवा मार्फत धरान १५ का कृष्ण गोलेको घरमा स्वीचहरु बिग्रेर मर्मत गरेको उनले विगत कोट्याए । सो काम बापत सेवा शुल्कका रुपमा १ सय हात पार्दा फिल्डको अनुभवसँगै जिवन जिउने उनले लक्ष्य पाए । अनी दायाँबाँया नहेरी अनलार्इन इलेक्ट्रिकल ब्यवसायमा होमिए । उनी भन्छन्-‘गर्यो भने हुँने रहेछ जस्तो लाग्यो । सेवा लिइसकेका ग्राहकहरुले सन्तुष्ट भएर अन्य व्यक्तीहरुलाई सिफारिस गरेकोले लिन्कबाट नै व्यवसाय बढेको छ ।’ उनी बिहान ६ बजेदेखी बेलुकी ९ बजेसम्म अनलाइनको सहयोगमा इलेक्ट्रिकल काममा घरघरमा सेवा दिन दत्त चित्त भएर लागेका छन् । 

फेसबुक अनलाइन सेवा मार्फत सम्भवत पुर्वान्चलको लागि उनले नयाँ ब्यवसाय ल्याएका हुन् । उज्जवल रार्इको काम र सर्भिसबाट सेवाग्राही सन्तुष्ठ छन् । धरान-१९ का एक सेवाग्राहीले उज्ववलको काम देखेर हौसला स्वरूप टिप्स पनि दिँदा उनलार्इ यो कार्यमा लाग्न झन प्रेरित गर्यो । 

अनलाइन मार्केटिङले विश्वभर आफ्नो दरिलो उपस्थिति जनाइसकेको वर्तमान समयमा फेसबुकको सहयोगले अवसर नै अवसर सृजना गरिदिएको उनको दावि छ । 

धेरैले फेसवुकलार्इ मनोरञ्जन र समय कटाउने साधनका रूपमा उपयोग गरेपनि उज्ववलले भने त्यसैका माध्यमबाट ब्यवसाय सुरू गरे । ‘उपभोक्ताको चाहना अनुसार उनीहरूलार्इ सस्तो भरपर्दो र छिटो सेवा दिँदा ब्यवसाय स्थापित हुन समय लाग्दो रहेनछ ।’ उनी भन्छन्-‘नयाँ अवधारणा र नयाँपनको सेवा पस्कन सके सफल भैइन्छ ।’ 

पितालाई गुमाइसकेका उनलार्इ आमा पवित्र राईको आशीर्वाद र भरपुर हौसला रहेछ । उसले ‘आफ्नो इच्छा अनुसारको काम गरोस् र आम मानिसहरुको सेवा गर्दै सुमार्गमा लागोस ।’आमा पवित्रले भनिन् । 

 

उनका ग्राहक रुनेस रन्जितका अनुसार उसको सेवाबाट आफुहरू पूर्ण सन्तुष्ठ रहेको बताए । यसैगरि अर्का ग्राहक प्रबीण विश्वकर्माले भने-‘काम मैले पनि लगाएको छु, राम्रो लाग्छ सकेसम्म छिटो छरितो सेवा दिन सकेको खण्डमा भाईको भविष्य उज्ज्वल देखिन्छ ।’ 

संघर्ष नै जीवन भएको बुझेका उज्ज्वलका अनुसार काम गर्न लजाउनु हुन्न,आफ्नो प्रतिभालाई चिन्दै काममा फोकस गरे सफल भैइन्छ,उनले भने-‘सानै देखि इलेक्ट्रिकल सामानमा भएको लगाव र यही काम गर्ने भित्री ईच्छाशक्तीले जीवन बाच्ने आधार खडा भएको छ ।’ 

आम युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा राई भन्छन्-‘काम गर्न लजाउन हुँदैन, सीप देखाउन सके आफ्नै पाखा पखेरामा धेरै गर्न सकिन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *