एन आइ सी एशिया बैंकले गर्यो लाभांश घोषणा

कात्तिक ३०, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको आज बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/०७५ को लागि प्रति शेयर रु.१० (१० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर रु.०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारीत भए पश्चात मात्र शेयरधनीहरुलाई बितरण गरिनेछ । 

बैंकले आर्थिक वर्ष ०७४/०७५ मा वार्षिक बिन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ रु. ४८ अर्ब (६७ प्रतिशत ले वृद्धि गरी रु. १२० अर्ब तथा निक्षेप तर्फ रु. ६४ अर्ब (७३ प्रतिशत) ले वृद्धि गरी रु. १५२ अर्ब संकलन गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

null

त्यसैगरी चालू आर्थिक वर्ष ०७५/०७६ को पहिलो त्रैमाससम्ममा कर्जा तथा सापटी तर्फ वार्षिक बिन्दूगत आधारमा ६१ प्रतिशत (रु.५३ अर्ब) ले वृद्धि गरी रु.१३९ अर्ब तथा कूल निक्षेप संकलनमा ५८ प्रतिशत (रु.६० अर्ब) ले वृद्धि गरी रु. १६३ अर्ब गर्न सफल भएको छ । साथै, खूद मूनाफामा १७० प्रतिशत (रु.४७ करोड) ले वृद्धि गरी रु. ७५ करोड ५३ लाख आर्जन गरेको जनाएको छ । बैंकको प्रति शेयर आम्दानी (EPS) रु.३६.७८ रहेको छ । 

बैंकले हासिल गरेको उपरोक्त उपलब्धीहरु हासिल गर्न विशिष्ठ योगदान पूर्याउने आम ग्राहकवर्ग, शेयरधनीहरु, नियमनकारी निकायहरु लगायत बैंकको सबै कर्मचारीहरुमा आभार ब्यक्त गरेको छ । 

बैंकले आफ्नो शाखा सञ्जालमा आर्थिक वर्ष ०७४/०७५ मा ११२ वटा नयाँ शाखा थप गरी कूल २३१ शाखा सञ्जाल, एटिएम तर्फ २६९ नयाँ एटिएम थप गरी कूल २२० एटिएम, एक्सटेन्सन काउन्टर तर्फ १० वटा एक्सटेन्सन काउन्टर थप गरी कूल १४ एक्सटेन्सन काउन्टर तथा १५ नयाँ शाखा रहित बैंकिङ सेवा थप गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *