हात्तीले ज्यान लिएपछि स्थानिय आन्दोलित, शव उठाउनै दिइएन

मंसिर १३, चितवन । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका हुन् । 

बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको भएपछि उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताए । उनले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताए । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ । 

null

माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दै आएको स्थानीयवासीको भनाइ छ । 

हात्तीलाई बेहोस बनाउन पुरुषोत्तम पाण्डे र किरण रिजालको प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताइएको छ । 

माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जङ्गली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *