जे.टी. क्रिकेट कपः बाल बाटिका बौनिया र आर एम ई टिकापुर सेमिफाइनलमा प्रवेश

मङ्सिर १२ , बौनिया । जे टी. क्रिकेट कप प्रतियोगितामा आज भएका क्वाटर फाईनल खेलमा बालबाटिका बौनिया र आर एम ई टिकापुर बिजयी भएका छन । बालबाटिका बौनिया र आर एम ई बिजयी भए सँगै सेमिफाइनलमा प्रवेश गरेका छन । 

आज बिहान भएको पहिलो क्वाटरफाईनल खेलमा जन जागृती चौरिलाई १६ रनले पराजित गर्दै बाल बाटिका बौनिया बिजयी भएको छ । टस जितेर पबिले ब्याटिङ गरेको बालबाटिकाले १७.२ ओभर खेल्दै अल आउट हुँदै ९५ रन बनाएको थियो । 

बालबाटिकाका बर्लिन राज गिरीले २ चौकाको मदतले १५ रनको योगदान गरेका थिए । जन जागृतिका लागी दिपेश न्यौपानेले ४ ओभरमा १६ रन खर्चिदै ३ बिकेट लिएका थिए । ९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको जनजागृती १६.२ ओभर खेल्दै सबै बिकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो र १६ रनको हार ब्योहोर्दै क्वाटर फाईनल बाटै बाहिरिएको हो । 

null

जनजागृतिलाई सस्तैमा रोक्ने क्रममा बाल बाटिकाका कप्तान मानब बिष्टले ३ बिकेट र बर्लिन राज गिरि,रोशन अधिकारी र कमल बोहराले समान २ र २ बिकेट लिएका थिए । १५ रन र २ बिकेट लिएका बालटिकाका बर्लिन राज गिरी म्यान अफ द म्याच भएका थिए । 

यस्तै आज नै भएको अन्तिम क्वाटर फाईनल खेलमा आर एम ई टिकापुर ७५ रनले बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले १९.५ ओभर खेल्दै सबै बिकेट गुमाउँदै १३० रन बनाउन सफल भएको थियो । आर एम ई टिकापुरका लोकेश कठायतले ४१ बलमा ४ छक्का र ६ चौकाको मद्दतले ६७ रनको योगदान गरेका थिए । १३१ रनको बिसाल लक्ष्यका साथ मैदान गएको ब्राईट फ्युचरले १०.२ ओभर खेल्दै ५५ रनमा सिमित हुदै क्वाटर फाईनलबाटै बाहिरिएको हो । 

ब्राईट फ्युचरलाई सस्तैमा समेट्ने क्रममा आर एम ई टिकापुरका आदेश परियारले २ ओभरमा ५ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए । 

आर एम ई टिकापुरका लोकेश कठायत म्यान अफ द म्याच बन्न सफल भए । प्रतियोगितामा भोली सेमिफाइनलका २ खेल हुने भएका छन । भोली बिहान १० बजे कालिका माबी नौनियाका बिरुद्द उज्यालो लम्की र भोली दिउँसो १ बजे बाल बाटिकाका बिरुद्द आर एम ई टिकापुर बिच प्रतिस्पर्धा हुने छ । 

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । मङ्सिर १ गते बाट सुरु भएको प्रतियोगिता १५ गते समापन हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *