मत पिरिममा भन्दै निश्चल र कर्माकाे जाेडी (भिडियाे सहित)

मंसिर ७, काठमाडाैं । माघ ४ बाट रिलिज हुने लूट निर्देशक निश्चल बस्नेत र नायक कर्माकाे चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ ।  

अाज ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । निश्चलकाे जाेडीकाे रूपमा भने अन्जली योञ्जन छिन् ।  

 

null

दिनेश राउतको शब्द, कोशिष क्षेत्रीको संगीत रहेको गीतमा कोशिश र मनिषा पोखरेलको स्वर छ । गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । चलचित्रका निर्देशक सुवास कोइराला हुन् । 

आकाश बराल, बिनोद खतिवडा र सुवासले चलचित्रको कथा लेखेका छन्। सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् । 

हेर्नुहाेस भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *