मुन्द्रेको कमेडी क्लब युट्युवको ट्रेण्डिङमा
मकालु खबर
२०७५ कार्तिक २१ गते
कात्तिक २१, काठमाडौं । जितु नेपालको मुन्द्रेको कमेडी क्लब युट्युवको ट्रेण्डिङमा परेको छ । नेपाल टेलिभिजनबाट प्रशारणमा आएको मुन्द्रेको कमेडी क्लब कार्यक्रम युट्युवमा आएको २ दिनमै २ नं. ट्रेण्डिङमा परेको हो ।
भारतीय कमेडी सिरियलको झल्को दिँदै निर्माण गरिएको मुन्द्रेको कमेडी क्लबमा समसामयिक विषयवस्तुसँग अतिथि कलाकारलाई समेत बोलाउने गरीएको छ । पहिलो भागमा अतिथि कलाकारमा हास्यकलाकार, निर्माता निर्देशकद्वय दिपाश्री निरौला र दीपकराज गिरी रहेका थिए ।
null
कार्यक्रममा जितु नेपाल (मुन्द्रे)लाई साथ दिएका छन्, हाँस्य कलाकार राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईले । कार्यक्रम आमा अग्नीकुमारी मिडियाको ब्यानरमा तयार पारिएको हो ।
मकालु खबर
२०७५ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित