काराबाओ कप फुटबलको क्वाटरफाइनलमा आर्सनलले टोटेनहमसंग खेल्ने

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको चौथो चरणको खेलमा तेस्रो डिभिजन क्लब ब्लाकपुललाई २ – १ ले हराएर आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो । 

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन स्टेफन लिचिस्टेनर र इम्ली स्मिथ रोवले एक एक गोल गरे । ब्याकपुलका लागि पाउडी ओ’कोनोरले एक गोल फर्काए । 

null

इमिरेट्स स्टेडियमा खेलको ३३ औं मिनेटमा लिचिस्टेनरले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १ – ० को अग्रता दिलाएका थिए  । 

खेलको ५० औं मिनेटमा स्मिथले गोल गर्दै आर्सनललाई २ – ० को अग्रता दिलाए ।  लगत्तै खेलको ५६ औं मिनेटमा माटियोले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो । 

जसको फाइदा पाहुना टोलीले उठायो । खेलको ६६ औं मिनेटमा ब्लाकपुलका ओ’कोनोरले गोल गर्दै खेल २ – १ मा ल्याए । खेलको ८४ औं मिनेटमा गोलकर्ता ओ’कोनोरले रातो कार्ड पाएपछि ब्लाकपुल पनि १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र आर्सनल २ – १ ले विजयी भयो । 

अब आर्सनलले क्वाटरफाइनलमा अर्को प्रिमियर लिग क्लब टोटेनहमसंग खेल्नेछ । 

 

टोटेनहमले बुधबार राति वेष्ट ह्याम युनाइटेडलाई ३ – १ ले हराएको थियो । टोटेनहमका लागि सन ह्युङ मिनले दुई गोल गर्दा फेर्नान्डोले एक गोल थपेका थिए । वेष्ट ह्यामका लुकास परेजले एक गोल फर्काए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *