सामुदायिक लघुवित्तमा २४.५६ गुणा बढी आवेदन, दोश्रो दिन कति पर्यो ?
मंसिर ३, काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा दोश्रो दिन बेलुकी ५ बजेसम्म १ लाख १२ हजार ८ सय ३२ जनाको आवेदन परेको छ ।
केन्द्रीय कार्यालय काभ्रेको सागामा रहेको सामुदायिक लघुवित्तको आवेदन माग गरिएको आईपीओमा दोश्रो दिन बेलुकी ५ बजेसम्म १ लाख १२ हजार ८ सय ३२ जना आवेदकबाट ७३ करोड ६७ लाख ६७ हजार रकम बराबरको आवेदन परेको सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (मङ्सिर) २० देखि निष्कासन तथा बिक्री खुला भएको थियो ।
null
कम्पनीले रू. १ सय अङ्कित दरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा छिटोमा मङ्सिर ५ देखि ढिलोमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ७९ लाख ४३ हजार रुपैयाँ छ । सामुदायिकले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला गर्दैछ । यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउने छ । यसको खराब कर्जा १.२३५ रहेको छ ।