जापानमा नेपालीलाई रोजगारीको बाटो खुल्यो, जनवरीदेखि प्रक्रिया अघि बढ्ने

पुस १०, काठमाडौँ । जापान सरकारले विदेशी श्रमिकको पक्षमा नयाँ कानुन स्वीकृत गरेको छ ।  

योसँगै नेपाली कामदारलाई पनि आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । 

जापानले नेपालसहित मुख्यतया एशियाका मुख्य ९ मुलुकबाट कामदारको माग गरेको छ। चीन, कम्बोडिया, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, नेपाल र भियतनामका कामदारहरुको माग गरेको हो । 

null

आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जापनी मन्त्रिपरिषद्को आजको बैठकलाई उदृत गर्दै जापानी अखवार द जापान टाइम्सले जनाएको छ । 

नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ । त्यस्तै कृषि, मत्यपालन, औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय, संरचना निर्माण, रेस्टुरेन्ट, नर्सिङ, लगायतका मुख्य १४ क्षेत्रमा काम गर्ने अवसर पाउनेछन्। 

यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आगामी जनवरीमा जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्प्रसाद दाहालले जानकारी दिए । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उनले नेपाली कामदार लैजाने विषयमा धेरै कुरा अघि बढेकाले आगामी अप्रिलदेखि कामदार जापान जाने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *