शून्य डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम

 

पुस १६, काठमाडौँ । काठमाडौंको तापक्रम शून्य डिग्रीमा पुगेकाे छ । 

काठमाडौं उपत्यकाको तामक्रम ०.५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान मापन भएको तापक्रम यो वर्षकै कम भएको मौसमविद् बताउँछन् । 

null

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम अझै कम हुने सम्भावना छ । आज भने दिनभर मौसम सफा रहनेछ । 

देशकै सबैभन्दा चिसो ठाउँ जुम्लामा बिहान पौने ९ बजे लिइएको मापनअनुसार न्यूनतम तापक्रम माइनस ५ डिग्री छ । महाशाखाले दिउँसो त्यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ। 

यस्तै मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान गरिएको छ । 

मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

मौसविद्का अनुसार बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ । 

तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको मौसमविद्ले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *