तीनै तहमा कर्मचारीको दरबन्दी टुंगो लाग्यो, कुन तहमा कति ?

 

पुस ११, काठमाडौँ । सरकारले विवादास्पद कर्मचारी समायोजन अध्यादेशका आधारमा निजामती कर्मचारी समायोजनका लागि सूचना जारी गरेको छ । 

सामान्य प्रशासन मन्त्रालयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको जानकारी दिएको छ । 

null

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम गरेकाे हो । 

समायोजनमा जाने कर्मचारीले अनलाईनमार्फत् फारम भर्न र कहाँ खटाइएको हो भन्ने जानकारी लिन सक्नेछन् । 

मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्नुपर्ने स्पष्ट पारेको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न समायोजन डट जिओभी डट एनपी (www.samayojan.gov.np) मार्फत् अनलाइन फारम भर्न सक्नेछन् । 

अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने जारी सूचनामा उल्लेख छ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण भरेर गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् । 

समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ । 

यसअघि मन्त्रालयले पुस ८ गतेसम्ममा सबै कर्मचारीको ज्येष्ठता विवरण प्रकाशित गरिसकेको छ। 

मन्त्रालयले सामान्य प्रशासन, लेखा, राजस्व सबै समूहका कर्मचारीको विवरण प्रकाश गरेको हो। उक्त विवरण अनुसार कागजात पेस गर्न मन्त्रालयले कर्मचारीलाई निर्देशन समेत दिइसकेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *