उपाधि होडमा रहेको टोटेनह्याम घरेलुमैदानमै हार्यो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको टोटेनहम घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा टोटेनहम वुल्भ्ससँग ३ – १ गोल अन्तरले पराजित भएको हो । 

घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि टोटेहमले पराजय व्यहोरेको हो । टोटेनहमलाई उसैको मैदानमा हराउन वुल्भ्सका विली वोली, राउल जिमिनेज र हेल्डर कोष्टाले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल गरे । 

वेम्बली स्टेडियममा खेलको २२ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, टोटेनहमले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ७२ औं मिनेटमा वुल्भ्सका वोलीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

null

 

त्यसपछि वुल्भ्सले घरेलु टोलीलाई लगातार गोल गर्यो । खेलको ८३ औं मिनेटमा जिमिनेजले गोल गर्दै वुल्भ्सलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा कोष्टाले गोल गर्दै वुल्भ्सलाई ३ – १ को महत्वपूर्ण जित दिलाए । 

वुल्भ्ससंगको हारसंगै टोटेनहमको उपाधि होडमा धक्का लागेको छ । र, टोटेनहमले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानको टोटेनहमको २० खेलबाट ४५ अंक छ । वुल्भ्स २९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । 

प्रिमियर लिग अन्तर्गत शनिबार राति ब्राइटनले एभर्टनलाई १ – ० ले पराजित गर्दा कार्डिफले लेष्टर सिटीलाई १ – ० ले नै हराएको छ । यस्तै फुलहमले हडर्सफिल्डलाई १ – ० ले हराउदा वाट्फोर्ड र न्युकासल १ – १ गोलको बराबरीमा रोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *