जलविद्युतका विषयमा एण्ड्रीजले गर्यो अन्तरक्रिया

मंसिर २५, काठमाडौं । अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले जल विद्युत क्षेत्रका सेवाग्राहीसँग अन्तरक्रिया गरेको छ । राजधानी स्थित होटल ह्यातमा आयोजित अन्तरक्रियामा जलविद्युत क्षेत्रका विशिष्ट, दिग्गज ब्यक्ति तथा लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वषएमान पुनले एण्ड्रीजले नेपालको जलविद्युत क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपालको जलविद्युतलाई अन्तराष्ट्रिय तहमा पुर्याउन सके विश्वले भोगिरहेको उर्जा अभाव कम गर्न सहयोग पुग्ने बताए । उनले नेपालको जलविद्युत क्षेत्रमा एण्ड्रीजले दसकौंदेखि योगदान दिएको चर्चा गरे ।  

 

null

मन्त्री पुनले एण्ड्रीजका भारत, दक्षिण पूर्वी एशिया अष्ट्रेलिया तथा न्यूजलेण्ड प्रान्तिय प्रमुख जोसेफ उल्मरले एण्ड्रीजले आउँदा दिनमा नेपालमा आफ्नो सेवा प्रदान गर्नका लागि गएको वर्षदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको बताए । उनले आउँदा दिनहरुमा एण्ड्रीजले नेपालको जलविद्युत क्षेत्रको विकासमा महत्वपूर्ण कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गरे ।  

उक्त कार्यक्रमको उद्घाटन मन्त्री पुन र भारतका लागि अष्ट्रेलियन राजदुत उनको महामान्यबिग्रेट ओपिंगर–वाल्चसोफरले गरेका थिए । 

 

एण्ड्रीजले नेपालमा हालसम्म गरेका १४४ मेगावाट जलविद्युत क्षमताका आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने, निर्माणाधिन २ हजार मेगावाट मध्ये ७५७ मेगावाट क्षमता रहेको बताइएको छ ।  

एण्ड्रीजले राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी ४५६ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट लगायतका आयोजनामा समेत काम गरिरहेको छ । एण्ड्रीजका कुलेखानी, मध्य मस्र्याङदी तथा चिलिमे जलविद्युत आयोजनाहरु अहिले सञ्चालनमा छन् । एण्ड्रीज ग्रुप हाइड्रोपावर निर्माण तथा उपकरण निर्माणमा विश्वकै अग्रणी कम्पनी हो । जसले विश्वभर ३१ हजार टर्वाइन निर्माण गरिसकेको छ । जहाँबाट करिब ४ लाख ३० हजार मेगावाट क्षमता उर्जा उत्पादन भइरहेको छ ।  

एण्ड्रीजका अष्ट्रिया, ब्राजिल, क्यानडा, अमेरिका, चिन लगायत विश्वका विकसित देशहरुका आयोजना सञ्चालित रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *