सानिमा बैंकको १४ औं साधारण सभा सम्पन्न

 

मंसिर २७, काठमाडौँ । सानिमा बैंक लिमिटेडले आज साधारण सभा सम्पन्न गरेको छ । सानिमा बैंकले बिहीबार आफ्नो १४ औँ साधारणसभा सम्पन्न गरेको हो । 

बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

null

साथै, सर्वसाधारण समूह (समूह“ख”) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा भरत कुमार पोखरेल र महेश घिमिरेलाई चयन गरेको छ । 

आर्थिक वर्ष २०७४/७५मा खुद नाफा रु १.७० अर्ब मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु ९१.८२ अर्ब, कुल निक्षेप रु ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद रु ६९.२४ अर्ब रहेको छ । 

सानिमा बैंकले आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले वृद्धि गरेको प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए । 

बैंकको असार मसान्त २०७५ सम्मको निस्क्रिय कर्जा ०.०३ प्रतिशत, पुँजी कोष १२.४१ प्रतिशत र २४.७२ प्रतिशत तरलता रहेको बैंकले जनाएको छ । बैंकको कर्जा निक्षेप अनुपात (मासिक औसत) भने ७८.७८ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *