बर्खास्त एसपी डिल्लीराज विष्टविरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी

 

पुस ३, काठमाडौँ । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट लगायतका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी परेको छ । 

निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध मंगलबार दिउँसो दिलीप विष्टका दाइ खड्ग विष्ट र निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक किटानी जाहेरी दिएका हुन् । 

null

न्यायविरुद्धको कसुरअन्तर्गत उनीहरुले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डिएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । 

प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको आमा दुर्गादेवीको आरोप छ भने खड्ग विष्टले आफ्नो निर्दोष भाइ दिलीपलाई यातना दिइएको भन्दै यातना दिनेविरुद्ध जाहेरी दिएका हुन्। 

सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोपमा ८ कात्तिकमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *