प्रदेश १ को कृषि मन्त्रालयले दियो २ अर्बको बजेट अख्तियारी

 

पुस ११, बिराटनगर ।  मुाख्यमन्त्रीको विभागीय मन्त्रालय भूमि, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा २ अर्बको बजेट अख्तियारी सहित कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयका वरिष्ठ कृषि बिकास अधिकृत बद्री दाहालले मन्त्रालयको तल्ला तहको संरचना निर्माण भएसँगै पहिलो चरणमा करिव २ अर्ब रुपैँयाको बजेटको अख्तियारी सहित हाललाई २९ वटा कृषिमा आधारित कार्यक्रम संचालनमा ल्याइएको जानकारी दिए । 

उक्त कार्यक्रम संचालका लागि आवश्यक कार्यविधि स्वीकृत भई बजेट समेत निकासा भएको छ । मन्त्रालयका अनुसार कृषि सेवा निर्देशनालय र पशु सेवा निर्देशनालय अन्र्तगतका निकायबाट ती कार्यक्रम सञ्चालन हुनेछन । सरकारले अख्तियारी प्रदान गरेका कार्यक्रम कृषि निर्देशनालय मार्फतका कृषि ज्ञान केन्द्र र पशु सेवा निर्देशनालय मार्फतका पशु सेवा ज्ञान केन्द्र एवं भेटनरी अस्पताल मार्फत कार्यक्रम सञ्चालन हुनेछन् । 

null

मन्त्रालयले पहिलो चरणमा स्वीकृत गरेका कार्यक्रमहरुमा साना सिचाईका कार्यक्रम, शित भण्डार निर्माण, चियाखेती प्रर्वद्धन, कृषि पर्यटन, ग्रिन हाउस निर्माण, अलैँची, अदुवा प्रर्वद्धन कार्यक्रम समावेश गरिएका छन् । भूमि,कृषि तथा सहकारी मन्त्रालयलले प्रदेश स्तरमा कृषि सेवा निर्देशनालय, बिभिन्न जिल्लामा ११ वटा कृषि ज्ञान केन्द्र स्थापना भईसकेको छ । 

त्यसैगरी सोही मन्त्रालय अन्तगर्त पशु सेवा निर्देशनालय र त्यस मातहत रहने गरी ८ वटा विज्ञ केन्द्र र भेटनरी अस्पताल स्थापना भएका छन । प्रदेश सरकारले आवश्य संरचनाको अभावमा चालु आर्थिक बर्षको पहिलो चौमासिक सकिदा सम्म विकास खर्च गर्न सकेको थिएन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *