एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

पुस ८, सुनसरी । आक्रमक बजार विस्तारमा उत्रिएको एन आइ सी एशिया बैंकले सुनसरीमा दुई शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकले सुनसरीको इनरुवा नगरपालिका र प्रकाशपुरमा शाखा सञ्चालनमा ल्याएको हो । आज इनरुवाको शाखा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराहक्षेत्र प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट उद्घाटन भएको छ ।  

इनरुवा शाखाको उद्घाटन गर्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले नगरपालिकाका जनतालाई बैंकले सर्वसुलभ सेवा प्रदान गर्ने विस्वास ब्यक्त गरे । उनले बैंकले स्थानीय जनताका आवश्यकक्ता अनुसार सेवा विस्तार गरे नगरको विकासमा पनि टेवा पुग्ने बताए । 

null

बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको भइसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *