बलिउड हिरो अर्जुन रामपालविरुद्ध मुद्दा दायर
मकालु खबर
२०७५ पुस १० गते
पुस १०, काठमाडौँ । ऋण नतिर्दा बलिउड हिरो अर्जुन रामपाल कानुनी घेरामा परेका छन् । उनले दिएको चेक बाउन्स भएपछि वाई टी इन्टरटेनमेन्ट लिमिटेडले उनीविरुद्ध फौजदारी अपराधको मुद्दा दायर गरेको हो ।
जेपी दत्ताको फिल्म पल्टनमा पछिल्लो पटक देखिएका बलिउडका हिरो अर्जुन रामपालले तिनुपर्ने १ करोड रुपैयाँ ऋण र त्यसको वार्षिक १२ प्रतिशत ब्याजसहित उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
null
फिल्महरुमा लगानी गर्दै आएको यो कम्पनीले रामपाललाई अरुलाई भन्दा कम ब्याजदरमा ऋण दिएको कम्पनीले पैसा नउठ्ने देखेपछि मुद्दा दायर गरेको जनाएको छ ।
मकालु खबर
२०७५ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित