प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदै

 

पुस ६, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गर्ने भएका छन् । 

नेपाली सेनाको प्रधानसेनापति भारतीय सेनाको मानार्थ सेनापति हुने परम्परा रहँदै आएको छ । थापा त्यसैका लागी भारत भ्रमणमा जाने तयारीमा छन् । सेनापति थापाको प्रधानसेनापति भएपछिको यो पहिलो विदेश भ्रमण हो । 

null

काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी कर्णेल अभिनेश चाम्वियल र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत सेनाका सहायकरथी ईश्वरकान्त मैनालीले प्रधानसेनापतिको भ्रमणको तयारी गर्दैछन् । सहायकरथी मैनाली भ्रमणकै तयारीको लागी हाल काठमाडौंमा छन् । 

मैनालीसँगै सेनाका अन्य उच्च अधिकारी पनि भ्रमणबारे भारतीय सेनाका अधिकारीसँग छलफलमा छन् । 

थापालाई भारत भ्रमणको क्रममा भारतका राष्ट्रपतिले मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । त्यसका साथै प्रधानसेनापति थापाले भारतीय समकक्षी विपिन रावत, रक्षामन्त्री निर्मला सिथारमण र अन्य उच्च तहका सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

थापा गत भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । उनलाई दिल्लीबाहिर पनि एक दिन भ्रमणमा लाने भारतीय सेनाको तयारी छ । थापा लखनऊ वा कलकत्ता जाने सम्भावना रहेको बताइएको छ । 

उनको नियुक्तीपछि भारत, चीन र अमेरिकालगायतका मुलुकले आफ्नो देशको भ्रमण गर्न थापालाई आग्रह गरेको स्रोतको दाबी छ । तर, थापाले उक्त आग्रहलाई अहिले घर सुदृढ गर्न लागेको भन्दै उपयुक्त समयमा भ्रमण गर्ने कुटनीतिक जवाफ दिदैं आएका थिए । 

यसअघि प्रधानसेनापति भएलगत्तै भारत भ्रमणमा जाने परम्परा थियो । थापाले पनि नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण नै भारतबाट सुरु गर्ने तयारी गरेका छन् । उनले भारतबाटै नेश्नल डिफेन्स कोर्स गरेका थिए । 

यसअघि पनि विमेस्टेक राष्ट्रका सेनाको सैन्य अभ्यासको अवसरमा आयोजित कार्यक्रममा थापा भारत जाने तयारीमा थिए । तर, सरकारले उनको भ्रमण अस्विकृत गरेपछि थापा रोकिएका थिए । 

विमेस्टेक राष्ट्रका सेनाको अभ्यासमा भारत जाने तयारीमा रहेका थापाको भ्रमण स्थगित भएपछि भारतले त्यसमा असन्तुष्टि जनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *