पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा सुरु

 

पुष ५, बिराटनगर । व्यवसायिक पत्रकारिताको आधार , प्रेश स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा आजबाट सुुरु भएको छ । 

सम्मेलनको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पद्धाधिकारी , महासंघ प्रदेश तथा जिल्ला सभापतिगरी दुुईसय भन्दा बढीको सहभागिता रहेको छ । नेपाल पत्रकार महासघ केन्द्रिय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश न १ को सहयोगमा सम्मेलन आयोजना भएको हो । 

null

सम्मेलनको उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार पुुर्ण प्रदेश मैत्री रहेको बताए । उनले संघिय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न प्रेश जगतले पनि मर्यादित भएर कलम चलाउनुुपर्नेमा जोड दिए । उनले संघियता नेपालका लागि नया्ँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केहि अल्मलिनु समान्य कुुरा भएको बताउँदै त्यसलाई स्वाभिक रुपमा लिनुुपर्ने बताए । 

मुख्यमन्त्री राईले बिभिन्न बहानमा संघियतामाथी आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो प्रयास सफल नहुुने बताए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुनमन्त्री हिकमत कार्कीले प्रेश स्वतन्त्रताको बारेमा संचारकर्मीको पनि एउटै धारणा हुुनुुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पुुर्व अध्यक्ष शिव गाउले, प्रेश युुनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देल , प्रेश चौतारीका अध्यक्ष गणेश बस्नेत, न्युुनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुुली, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताका लागी सुुद्धिकरण तथा सुुद्धिढिकरण आवश्यक रहेकोमा जोड दिए । 

सम्मेलनको बन्द शत्रमा प्रेशको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल हुुने छ । सम्मेलनले भोली बिराटनगर घोषणा पत्र जारी गर्ने जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *