मोटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

मंसिर २७, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । 

बुधबार राती ११ बजेको समयमा मोरङ सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा चालकको मृत्यु भएको हो । 

गम्भिर घाइते भएका मोटरसाइकल चालकको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकको अहिले सम्म सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *