संविधान संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन, राजपासँग मागे एक हप्ता

 

पुस १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राष्ट्रिय जनता पार्टीसँग छलफल गरेका छन् । 

आफ्ना माग सम्बोधन हुने आशा लिएर मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजपालाई माग पूरा गर्ने आश्वासन दिँदै प्रधानमन्त्री ओलीले आफू संविधान संशोधनको विषयमा सकारात्मक रहेको भन्दै त्यसका लागि एक हप्ताको समय माग गरे । 

null

छफलमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले राजपाले उठाएका सबै विषय प्रधानमन्त्रीले समाधान गर्ने तथा माग सम्बोधन गर्ने आश्वासन दिएको जानकारी गराए । उनले प्रधानमन्त्रीले सरकार, आफ्ना पार्टी र विपक्षी दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने तयारीमा रहेकाे आश्वासन दिएको बताए । 

राजपाले आफ्नो मागका विषयमा यसअघि प्रधानमन्त्री ओलीलाई पाँच पटक ज्ञापन पत्र बुझाइसकेको छ। तर हालसम्म कुनै पनि माग पुरा भएका छैनन् । राजपाले दसैँंअघि पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छठपछि सम्म संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । तर यसअघि पनि प्रधानमन्त्रीले सकारात्मकता देखाएका कारण उनीहरू पछि हटेका थिए । 

राजपाका संयोजक राजेन्द्र महतो भएपछि आज बस्ने भनिएको अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो। तर राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका हुन्। 

दश महिनाअघि संविधान संशोधन गर्ने, आन्दोलनका राजपाका नेता कार्यकर्तालाई लागेको मुद्दा फिर्ता लिनेलगायका सहमित गर्दै राजापले सरकारलाई समर्थन गरेको थियो । 

माग पुरा नभएपछि पटक–पटक सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको राप्रपालाई प्रधानमन्त्रीले मंगलबार पनि उस्तै आश्वासन दिएर फर्काए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *