काठमाडौँको रातोपुलमा प्रहरीले चलायो गोली, राजन लिम्बु घाइते

मंसिर २१, काठमाडौँ । काठमाडौँको रातोपुलमा शुक्रबार प्रहरीको गोली लाग्दा इटहरीका राजन लिम्बु घाइते भएका छन् । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती मुद्दामा मुछिएका राजन लिम्बुमाथि गोली चलाएको हो । खुट्टामा गोली लागेर घाइते भएका उनको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । 

null

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *