एभरेष्ट प्रिमियर लिगः भैरहवालाई ललितपुरको १५६ रनको लक्ष्य

पुस ७, काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि ललितपुर प्याट्रिएटसले भैरहवा ग्लाडिएटर्सलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छँदा सबै विकेटको क्षतिमा १५५ रन बनायो । 

टस हारेर ब्याटिङ गरेको ललितपुरका लागि जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साँझेदारी गरे ।  

गौरभ २३ रन बनाएर आउट भए । उनले १९ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । ललितपुरका लागि ओपनर कोल्सवालाले इनिङ्स सम्हालेका थिए । उनले ५७ रन बनाएर आउट भए । उनले ५२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । 

null

त्यस्तै ललितपुरका लागि सन्दी जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले भुवन कार्कीको बलमा क्याच आउट हुनुपूर्ण ११ बलको सामना गर्दै २४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल भने १० रनमा आउट भए । दोस्रो विकेटको रुपमा मल्ललाई गुमाउँदा ललितपुरको ६० रन जोडेको थियो । खेलमा पवन सर्राफ १ रन बनाएर आउट भए । ललितपुरले चौथो विकेट ११० रन बनाउँदा गुमाएको थियो । 

बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर तीन विकेट लिन सफल भए । क्वालिफायरमा काठमाडौं किंग्स इलाभेनलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले पनि काठमाडौंलाई नै पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । भने, प्लेयर अफ द सिरिज हुने खेलाडीले टीभीएस आपाची बाइक पाउने छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *