लगातार ओरालो लाग्दै शेयर बजार
पुस १६, काठमाडौँ । शेयर बजार घट्नेक्रम आज पनि रोकिएन । लगातार बजार ओरालो लाग्दा एक हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर एक हजार १०० बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले ओरालो लागेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भए ।
कारोवार रकम समेत आइतबारको तुलनामा कम हो । स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूह मध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ बिन्दुले बढेको छ ।
null
यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ । घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् ।
यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।