जंगलको आगो नियन्त्रण हुन सकेन : आरोपी एक जना नियन्त्रणमा

 

पुस ९, गोरखा । चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । आगलागीमा हालसम्म जलेको अवस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिए । 

दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिए । 

null

आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताए । 

उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताउका छन् । “अब सामान्य हिसावले आगो निभाउन सक्ने कुनै संभावना नै छैन”, उनले भने, “हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउन सक्छ ।” 

प्रहरी उपरिक्षक भोला रावलले आगो नियन्त्रणका लागि सामागाउँ, लार्के भन्सार र सिर्दीबासबाट प्रहरी परिचालन गरिएको बताए । ठूलो भिर भएकाले मान्छेले तलबाट आगो निभाउन सक्ने अवस्था नै नभएको बताइएको छ । आगलागीमा सलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *