म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा फर्गुसन फर्किने

 

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन फेरि म्यानेचस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन । 

म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक ५ वर्षपछि क्लबको प्रशिक्षणमा मैदानमा देखिने भएका छन । २३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि सन्यास लिएका थिए । 

null

हाल पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स दिनका लागि उनी प्रशिक्षणमा आउने बताइएको छ ।  

गुनर म्यानचेस्टर युनाइटेडको प्रशिक्षमा नियुक्त भएपछि क्लवले लगातार दुई खेलमा जित निकालेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *