नेपाल प्रहरीले भित्र्यायो ९६ लाखको फरेन्सिक इन्भेस्टिगेसन भ्यान

 

पुस ५, काठमाडौँ । नेपाल प्रहरीले पहिलो पटक एक करोड बराबरको सुविधासहितको फरेन्सीक इन्भेस्टिगेसन भ्यान भित्र्याएको छ । 

अपराध अनुसन्धानका क्रममा घटनास्थलको सबुतप्रमाण संकलनका लागि आवश्यक सबै सामग्री रहेको भ्यान नेपाल प्रहरीले  प्रयोगमा ल्याएको हो ।  

null

उपत्यकाभित्र हुने अपराधिक गतिविधिको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले ९६ लाखमा खरिद गरेको भ्यान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहलाई बिहीबार हस्तानान्त्रण गरेका हुन्। 

 

अब काठमाडौं घटनास्थलको वैज्ञानिक अनुसन्धानका लागि आवश्यक उपकरणसहितको भ्यान परिचालन गर्ने प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *