काठमाडौंको दोस्रो जित, लगातारको हारपछि पोखरा इपीएलबाट बाहिरियो
मंसिर २८, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौँ किंग्स इलाभेनले पोखरा राइनोजलाई पराजित गरेको छ ।
शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई ५ विकेटले पराजित गर्दै काठमाडौँले दोस्रो जित निकालेको हो । जितसँगैै ३ खेलमा ४ अंक जोडेको काठमाडौँले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । पोखरा प्रतियोगिताबाटै बाहिरिएको छ ।
null
पोखराले दिएको १६६ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंका लागि केभीन ओ ब्राएनले अर्धशतकीय इनिङस खेल्दै अविजित ५४ रन बनाए ।
यस्तै रोहन मुस्तफाले ४० रन जोडे भने सुब्रमनियन आनन्दले २७ रन जोड्दा सागर पुन १८ रनमा आउट भए । पोखराका विक्रम सोबले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
पोखराका लागि ओपनर रिचर्ड लेभीले ३८ रन, कप्तान कायल कोएट्जर र पल कघलिनले समान ३७–३७ रन जोडे भने विनोद भण्डारी १७ रनमा आउट भए ।
काठमाडौंका लागि बिक्रम भुसाल र केभीन ओ ब्रायनले समान २–२ विकेट लिए ।
हारसँगै ४ खेलबाट अंक जोड्न नसकेको पोखरा इपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।