वाइडबडी जहाज खरिदमा भुक्तानी दिन महालेखाकै स्विकृति

 

पुस १०, काठमाडौं । वाइडबडी जहाज खरिद गर्न भुक्तानी दिन महालेखा परिक्षकले नै स्विकृति दिएको पाइएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको प्रस्ट पारेका हुन् । 

null

मंगलबार सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा बोल्दै मन्त्री अधिकारीले महालेखासँग छलफल गरेरै भुक्तानी गरेको दावी गरेका हुन् । 

बैंठकमा सांसदहरुले किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए । महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको छ । 

महालेखा परीक्षक कार्यालयले पहिले जहाज ल्याऊ हेर्ने कुरा पछि हेरौंला भन्ने राय दिएपछि भुक्तानी दिएर जहाज ल्याएको मन्त्री अधिकारीले बताए । आफूले चाहेको भए त्यतिबेला जहाज रोक्न सक्ने भए पनि नरोकेको मन्त्रीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *