कपिलको भोलिको बिहेको तयारी यसरी हुँदैछ

 

मंसिर २५ । भारतीय हाँस्य चर्चित कलाकार कपिल शर्मा भोलि विवाह बन्धनमा बाँधिदै छन् । भोलि कपिल शर्मा र गिन्नी चतरथबीच अमृतसरमा विवाह हुँदैन । कपिलको घरको फोटो हेर्दा विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको जस्तो देखिएको छ। कपिलको घर बेहुली जस्तै गरी श्रृंगारिएको छ। 

 

null

घरभित्र रातो र सेतो गुलाबले सजाइएको छ। भित्रदेखि बाहिरसम्म झिलिमिली बत्ती लगाइएको छ। घरको सजावट पंजाबी परम्परा अनुसार गरिएको छ। 

दश डिसेम्बरमा कपिलको बिवाहको कार्यक्रमको सुरुवात आमाको जागरणबाट भएको थियो। बिवाहको सबै कार्यक्रम कपिलकै घरमा गर्ने तय भएपनि पानी परेका कारण रेडिसन होटलमा गर्ने तय भएको भारतीय संचारमाध्यमले जनाएका छन्। मंगलबार कपिलको मेहन्दी सेरेमनी हो। मेहन्दी रातकालागि कपिलले हेमन्त स्टुडियोबाट विशेष शेरवानी तयार गराइएको छ। 

 

कपिल र गिन्नीको बिवाहलाई विशेष बनाउनकालागि सजावटका साथै खाने पिउनेको पनि राम्रो व्यवस्था गरिएको छ। गायक गुरदास मान, दलेर मेहन्दीसहित करिव ८०० सय पाहुना विवाहमा सहभागी हुँदैछन्। एजेन्सी। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *