प्रहरीको वान्टेड सूचीमा थिए ‘आइएमई’ लुटेरा लिम्बु

२०७५ मंसिर २१ गते

मंसिर १२, काठमाडौँ । शुक्रबार प्रहरीले राजधानीको रातोपुलमा डकैती मुद्दामा मुछिएका इटहरीका राजन लिम्बूमाथि गोली चलाएको छ ।
गत मंसिर १२ गते इटहरी बजारमा रहेको एक्टिभ मनि ट्रान्सफरमा हतियार देखाएर तीन लाखभन्दा बढी रकम लुटर फरार भएका उनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली चलाएको हो ।
null
महानगरीय अपराध महाशाखाको टोलीले उनी अन्य अपराधिक क्रियाकलापमा संलग्न रहेको जानकारी दिएको छ । उनी पहिले पनि जेल बसेर छुटेका थिए ।
प्रहरीले गोली चलाउँदा उनी घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ । उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको महाशाखाले जनाएको छ।
लुटपाट मुद्दाका आरोपी लिम्बुको साथबाट महाशाखाको टोलीले टाइप–५४ पेस्तोल र त्यसको गोली समेत बरामद गरेको छ।

२०७५ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित