पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


मंसिर २१, काठमाडौँ । पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले सिटिसिई/कालिका जेभीका प्रमुख पाण्डे सहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुमाथि साढे ८ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो। पाण्डेबाट दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार बिगो दाबी गरेको छ ।
null
सिक्टा सिंचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटी गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय काम हुन नसकेका कारण मुद्दा दायर गरिएकाे हाे ।
अख्तियारले आयोेजना प्रमुख सूर्यदेव पाण्डे, सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकाल, तत्कालीन प्रमुखहरु सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध मुद्दा दायर गरेको हो ।
तीन पूर्व आयोजना प्रमुखः सरोजचन्द्र पण्डितमाथि ५९ करोड, ३४ लाख, ५२ हजार ५ सय ९४ रुपैयाँ, दिलिप बहादुर कार्कीमाथि १ अरब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९, रमेश बस्नेससँग २ अरब, १३ करोड, ७६ लाख , ७९ हजार, ९ सय २० विगो दावी गरिएको छ ।
