एभर्टनमाथि टोटेनहमको फराकिलो जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले एभर्टनलाई फराकिलो अन्तरले पराजित गरेको छ । आईतबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई ६–२ गोल अन्तरले हराएको हो । 

जितसंगै टोटेनहम दोस्रो स्थानको म्यान्चेष्टर सिटी भन्दा मात्र २ अंकले पछाडी परेको छ । टोटेनहमको ४२ अंक छ । म्यान्चेष्टर सिटीको ४४ अंक छ । लिभरपुल ४८ अंक सहित शीर्ष स्थानमा छ । 

थियो वालकोटले २१ औ मिनेटमा घरेलु टोली एभर्टनलाई अग्रता दिलाएपनि सन ह्युङ मिनले २७ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । डेली अलीले ३५ औ मिनेटमा पाहुना टोलीलाई पुन अग्रता दिलाए । ह्यारी केनले ४२ औ मिनेटमा टोटेनहमलाई ३–१ को स्थितीमा ल्याए । 

null

 

क्रिस्टियन इरिक्सनले ४८ औ मिनेटमा पाहुना टोलीको अग्रता अझ फराकिलो पारे । ५१ औ मिनेटमा एभर्टनका सिगर्डसनले गोल गर्दै खेल ४–२ को स्थितीमा ल्याएका थिए । तर ह्युङ मिनले ६१ औ र कप्तान केनले ७४ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई प्रभावशाली जित दिलाए । 

टोटनहम अब लण्डन क्लब चेल्सी र आर्सनल भन्दा पाँच अंकले पछाडी परेको छ । टोटनहमले प्रभावशाली जित निकाल्दै शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको सिटी माथि दबाब बढाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *