सातै प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा, पहिलो पटक प्रदेश परिषद् बैठक बस्दै

 

मंसिर २३, काठमाडौँ । सिंहदरबारमा आइतबार पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बस्दै छ । 

नेपालमा नयाँ संविधान बनेर संघीयता लागू भएपछि पहिलो पटक अन्तर प्रदेश परिषदको बैठक बस्न लागिएको हो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौँ आएका छन् । 

null

प्रधानमन्त्रीको अध्यक्षतामा बस्न लागिएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक लगायतका सरकारी अधिकारी सहभागी हुँदै छन्। गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडा पनि बैठकमा सहभागी हुनेछन् । 

मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिक रुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षा तथा प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा देखिएका केही विवादका कारण र समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । 

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने तथा कानून निर्माण, कर्मचारी समायोजन लगायतका साझा समस्याहरुका बारेमा छलफल बताइएको छ । 

प्रदेश सरकार गठनको १० महिनापछि प्रदेश परिषद् बैठक बस्न लागेको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *