नेपाली पानाेराेमामा ‘मरिसकेको मान्छे’ उत्कृष्ट

मंसिर २५, काठमाडौं । यस वर्षको सोहौं संस्करणको काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल ( किम्फ ) को अन्तराष्ट्रिय प्रतिष्पर्धा तर्फको प्रथम पुरस्कार साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाईक मी’ ले जितेको छ । 

फिल्मले अमेरिकी डलर १ हजार ५ सय हात पार्न सफल भएको छ । त्यसैगरी अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो हुँदै १ हजार डलर हात पारेको छ । त्यस्तै मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘ईस्टर्न मेमोरिज’ ले तेस्रो हुँदै ५सय जितेको छ । जसको प्रायोजन क्रमशः नेपाल पर्वतारोहण संघ, दीपलक्ष्मी फाउन्डेसन र थामसेर्कु टेकिङले गरेका छन् । 

 

null

नेपाल पानोरामा अन्तर्गत आख्यानमा अविनास विक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाई र कमल कुमारको ‘मरिसकेको मान्छे’ ले उत्कृष्ट हुदै क्रमशः रु एक लाख र ७५ हजार रूपियाँको नगद पुरस्कार जितेको छ । उक्त एवार्डको प्रायोजन क्रमशः मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा गरिएको छ । 

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको छ । उत्कृष्ट फिल्मलाई इसिमोडबाट १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ । किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डंगोलको ‘डोल्पा डायरी’ ले जितेको छ । जसलार्ई आपा शेर्पा फाउन्डेसनले १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ र सेना¨ ग्या¨जोको ‘सुपर मङ्क’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परि “अडियन्स अवार्ड” पुरस्कारबाट सम्मानित भएको छ । फिल्मले ५० हजार रुपैयाँको राशी जितेको छ जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ । 

 

किम्फका अध्यक्ष बसन्त थापाले महोत्सव शुरु हुँदा कहिले सकिएला जस्तो हुन्छ, सकिने बेलामा रुनु मन लाग्ने भन्दै अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरु लिएर आउने वाचा सहित विजेताहरुलाई बधाई दिएका थिए । 

सोहौं संस्करणको किम्फ राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा मंसिर २१ देखि २५ गतेसम्म ( ७ देखि ११ डिसेम्बेर ) भएको थियो । अष्ट्रेलियाली डिरेक्टर जेनिफर पिडमको माउन्टेन फिल्मबाट सुरुवात भएको किम्फमा यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइएको छ । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो । 

 

काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको थियो । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो । 

यस पटक किम्फले नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्ष मुनिका युवाहरुको सर्ट फिल्म प्रतियोगिता गरेको थियो जसमा सुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ ले उत्कृष्ट हुँदै २५ हजार रुपैया जितेको छ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका थिए । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कृष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गरेका थिए । 

 

सिनेकर्मी, चलचित्रप्रेमी, समीक्षक, बुद्धिजीवी, पत्रकार, लेखक, कवि, कलाकार तथा पर्वतारोहीहरुको सहभागिता रहने यस महोत्सवमा छलफल, परिसंवाद, व्याख्यान, फोटो प्रदर्शनी तथा प्रतिस्थापन कला पनि राखिएकाे थियाे । 

महोत्सवको एउटा मुख्य आकर्षणमा विख्यात अष्ट्रेलियन फिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनद्वारा संयुक्त रुपमा ‘मास्टर क्लास’ सञ्चालन गरिएको थियो । त्यसैगरि ‘किम्फ डक लाइभ पिच’ मा पाँच जना छानिएका प्रतिष्पर्धीहरु मध्ये विद्या चापागाईको ‘माउन्टेन गार्ड’ ले २ हजार पाउन्डको पुरस्कार प्राप्त गरेको छ । किम्फमा ‘ओमन इन फिल्म एण्ड फेस्टिभल’ विषयक कार्यशाला पनि भएका थिए । 

महोत्सवमा पौलोमी बासुको “ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल” र उमा विष्टको “आइ एम प्योर” भन्ने शीर्षकमा फोटो प्रदर्शनी राखिएको थियो । साथै सगरमाथा चढ्ने ५ जना नेपाली महिला पत्रकारहरुको आरोहण यात्राको फोटो प्रदर्शन पनि गरिएको थियो । 

किम्फ २०१८ लाई ओपन सोसाइटी फाउन्डेसन, स्वीस सरकार विकास सहयोग, यूएनएफपिए, द नेपाली अष्ट्रेलियन फिल्म एक्सचेञ्ज, विश्व वन्यजन्तु कोष नेपाल, युरोपेली संघ तथा नेपाल पर्वतारोहण संघ आदिको सहयोग रहेको छ । ब्रिटिश काउन्सिल किम्फ २०१८ को रणनीतिक साझेदार रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धनकर्ताको भूमिका निर्वाह गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *