नयाँ प्रधानन्यायाधीश सिफारिस आज : दीपकराज जोशी कि चोलेन्द्रशमशेर राणा?

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यसअघि अस्विकृत भएका दिपकराज जोशी र चोलेन्द्र शमशेर राणा यसको दौडमा छन् । उनीहरुको नाम संवैधानिक परिषदमा सिफारिस भैसकेको छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको हो । 

बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ। जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *