ग्लोबल आइएमई बेथानचोक शाखा कार्यालयको समुद्घाटन

  

पुष १, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पौष १ गते, आइतबार काभ्रे जिल्लाको बेथानचोक स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक र त्यस बरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले औपचारिक समुद्घाटन गरेका थिए । 

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक बृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानिय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानियवासीहरुको उपस्थिती रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताए । 

null

हाल सम्म यस बैंकको १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *