पूर्वाञ्चल बाल आश्रमका अभिषेक राई बने लिटिल च्याम्स

मंसिर १६, विराटनगर । बिराटनगर स्थित पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । 

मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीको आयोजनामा भएको लिटिल च्याम्स प्रतियोगितामा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जसमा १४ बर्षीय बालक अभिषेक राई लिटिल च्याम्स बन्न सफल भएका छन् । 

उनलाई पुरस्कार स्वरुप प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । सो अवसरमा आयोजकले ५ हजार ५ रुपैया आश्रमकी अध्यक्ष सीता पोखरेललाई सहयोग हस्तान्तरण गरेको थियो । कार्यक्रममा महानगरपालिकाकी उपमेयर प्रमुख इन्दिरा कार्कीले आश्रमको सहयोगका लागि महानगर सधैँ तत्पर रहेको प्रतिवद्धता व्यक्त गरिन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *