दूरसञ्चार प्राधिकरणबाट दिगम्बर झा किन भए आउट ?

 

पुस १२, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बुधबार पदबाट राजीनामा दिएका छन् । 

आफूले अहोरात्र काम गर्दा पनि विनाकारण नेताहरुले भ्रष्टाचारी ठहर गरिदिएको तथा राजनीतिक झगडामा मुछेर चरित्र हत्या गर्ने प्रयत्न गरेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । 

null

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले झाले राजीनामा बुझाएको पुष्टि गरेका थिए । 

अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइरहँदा झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए । 

‘मेरो कारणले प्रधानमन्त्री र सञ्चारमन्त्रीमाथि नै अशोभनीय र अनावश्यक टीकाटिप्पणी भयो,’ उनले भने, ‘मेरो चरित्रमाथि नै आँच आउने काम हुन थालेपछि नैतिकताको उच्च सम्मान गर्दै राजीनामा दिएको हुँ ।’ 

झाको नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो । 

झा विसं २०६९ मा पहिलोपटक र विसं २०७४ मङ्सिरमा दोस्रोपटक म्याद थपिएको थियो । पुनःउनलाई गत भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *