लगानीकर्ता समूह र सरकारी कार्यदलबीच वार्ता, शेयर लगानीकर्ताको माग सम्बोधन गरिने

काठमाडाैं – शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच शुक्रबार वार्ता भएको छ ।  

अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाउनुभएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मंसिर २० गते कार्यदल गठन गर्नुभएको थियो ।  

कार्यदलले अर्थमन्त्री डा खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला आन्दोलनरत पक्षसँग वार्ता भएको हो । कार्यदलले शेयर लगानीकर्ता समूहका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।  

null

वार्तामा शेयर लगानीकर्ताका तर्फबाट उत्तम अर्याल, नयन्द्र बाँस्तोलालगायत सहभागी हुनुहुन्थ्यो । कार्यदलले लगानीकर्ताको माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *