आँखामा पट्टी बाँधेर राष्ट्रपति भवन अगाडी प्रदर्शन गर्ने १२ जना पक्राउ

 

मंसिर २०, काठमाडौँ । निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शन गरिरहेका युवाहरुले प्रहरीले धरपक्कड गरी नियन्त्रणमा लिएको छ । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवन अगाडी प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४) मा सहभागी भई आज स्वदेश फर्कँदै गर्दा उनीहरुले राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेका हुन् । 

 

बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै युवाहरुले बिहीबार दिउँसो राष्ट्रपति भवन अगाडी आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *