इन्डोनेसियाको सुनामीमा राष्ट्रपति भण्डारीले बधाई दिएपछि…

पुस ११, काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परि ज्यान गुमाएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । 

केही दिन अघिमात्रै सुनामीमा परि इन्डोनेसियामा पाँच सय भन्दा बढीले ज्यान गुमाएका थिए । सोही विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि भेटिएकाे हाे ।  

गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले सयाैँ ज्यानहरू गुएकोमा बधाई सन्देश दिइएको विज्ञप्तिमा उल्लेख छ । 

null

दोस्रो वाक्यमा भने राष्ट्रपतिले त्यहाँ भएको ठूलो क्षतिप्रति नेपालका तर्फबाट संवेदना र गहिरो दु:ख व्यक्त गरेको उल्लेख छ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *