विद्यार्थी चढेको बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, १५ घाइते

 

पुस ६, दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ भने १५ जना घाइते भएका छन् । 

सल्यान कपुरकोटको बनसपति उद्यान केन्द्र अवलोकनपछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृती बहुप्राविधिक शिक्षालयको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । 

null

मृत्यु हुनेहरुको सनाखत भने अझै हुन सकेको छैन् । घाइते मध्ये १५ जनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले बताएको छ । 

घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

३७ जना यात्रु रहेको उक्त बस ६–७ सय मिटर तल खसेको हो । बसमा ३२ जना विद्यार्थी, ३ जना गाडीका कर्मचारी र २ जना शिक्षक रहेका थिए । 

घटना पश्चात् उद्धारका लागि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नं. १, शसस्त्र प्रहरी, नेपाली सेना, तुलसीपुर उद्योग बाणिज्य संघलगायतको टोली खटिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *